Incident Reports

बोक्सीको आरोपमा कुटपिट, प्रहरी मौन

2014-10-15

Madhes, Dhanusha, Mithila Bihari

Binod Kumar Rabidas धनुषा । ०७१ असोज २९ गते बोक्सीको आरोपमा एक महिला माथि कुटपिट भएको छ । बोक्सी लगाएर नातीनीलाई मारेको भन्दै भुतही पर्टेवा-५ की ६० वर्षीया सावित्री देवी दासलाई उनका छिमेकीहरुले कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी सावित्रीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते महिला आर्थिक स्थिति अतिनै कमजोर रहेको घाइते भइ घर मै सुतिरहेकोले सूचनाको आधारमा महिला अधिकारकर्मीहरु उद्दार गरी उपचार गराइरहेको मन्जु महतोले बताइन्। दशैंको बेला बोक्सी लगाइ नातिनीलाई मारेको आरोपमा छिमेकी राजेन्द्र यादवले पीडितलाई कुटपिट गरेको महिला सेलले जनाएको छ । असोज २३ गते छिमेकीहरू ३५ वर्षीय सोहिन्द्र यादव, जोगी यादव, जीतेन्द्र यादव, राजेन्द्र यादव, महेन्द्र यादव र अन्य महिलाहरु समेत मिलि कुटपिट गरेको पीडित महिलाले बताइन् । पीडितले जिल्ला प्रहरी कार्यालय महिला सेलमा ठाडो निवेदन दिए पनि प्रहरीले आरोपितहरूलाई गिरफ्तार गर्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको महिला सेली असई सुभद्राले बताइन् । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis