Incident Reports

धौलागिरि क्याम्पसको ताला नेविसंघले तोड्यो, स्ववियु निर्वाचन अन्याेलमै

2023-03-14

धौलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझै अन्याेलमा छ। मंगलबारसम्म मनोनयन दर्ता हुन नसक्दा निर्वाचन झनै अन्याेल बन्दै गएको हो। निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै केही विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए। मंगलबार बिहानसम्म पनि ताला नखोलिएपछि नेपाल विद्यार्थी संघले उक्त ताला फोरेर निर्वाचन अधिकृतको कार्यालय खुलाएको छ। ताला फोरिएसँगै नेविसंघले तोकिएको समयमा निर्वाचन हुनुपर्ने र निर्वाचनका काम यथाशीघ्र अगाडि बढाउनुपर्ने भन्दै क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको राजीनामासम्म मागेर नाराबाजी गरेका थिए।

सोमबार दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय बढाइएकोमा सो समयमा पनि समय थप गरेर मंगलबार ५ बजेसम्म गराइएको छ। निर्वाचन समितिले पटकपटक समय थप गरेपछि विद्यार्थीको हकहितका लागि ताला फोडेको नेविसंघका इकाइ सभापति दिनेश पन्तले बताए। यता तालाबन्दी फोडिएसँगै ताला लगाएका विद्यार्थी संगठनले पनि आफ्ना माग हुनुपर्ने र नभएसम्म स्ववियु निर्वाचन हुन नदिने भन्दै नाराबाजी गरेका थिए। विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा निर्वाचनको वातावरण बिथोलिएको र फर्जी परिचयपत्र भेटिएकाले एकजना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी विप्लव र अखिल संयुक्त प्यानलले वक्तव्यमार्फत जारी गर्दै तालाबन्दी गरेका थिए।

ताला फोडेसँगै प्रशासनसँग सहमतिका लागि वार्ता गर्ने भनिए पनि केही विद्यार्थी संगठनको उपस्थिति नहुँदा बैठक नै बस्न नसकेको विद्यार्थी नेता बताउँछन्। सोमबार साँझ केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका थिए। तोकिएको मनोनयन तालिकामा प्रक्रिया सुरु नगरेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तिराम न्यौपानेसहितको टोलीलाई उनीहरूले क्याम्पसमा ताला लगाएर थुनिदिएका हुन्। स्ववियुका सहसचिव सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले ताला लगाएको थियो। क्याम्पस प्रमुखको कार्यकक्षमा व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापा पनि थुनिएका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org , CPN (Maoist Center) and affiliated org , CPN-M (Baidya) , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments