Incident Reports

सुर्खेतमा एक युवकको हत्या

2023-03-14

Karnali, Surkhet, Birendranagar, Ward 9

सुर्खेतमा एक जना युवकको शव फेला परेको छ। मंगलबार साँझ वीरेन्द्रनगर–१० बुदबुदी टोलमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शवको पहिचान भने भइसकेको छैन। युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण शाहीले जानकारी दिए।

उनका अनुसार मंगलबार बेलुका पाँच बजे शवको बारेमा प्रहरीलाई सूचना पुगेको थियो। कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा आउन लागेको शाहीले बताए। ‘शवको पहिचान हुन सकेको छैन, कुकुर सहितको थप टोली कोहलपुरबाट आउने भएकाले प्रहरी घटनास्थलमा छ,’ उनले भने। अनुसन्धान टोली आइसकेपछि शव उठाउने तयारी गरिएको डिएसपी शाहीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports