Incident Reports

नाबालिकामाथि जबर्जस्तीकरणीको प्रयास गर्नेलाई सजायको माग राख्दै राजमार्ग अवरुद्ध

2023-03-09

Madhes, Sarlahi, Hariwan, Ward 8

सर्लाहीको हरिवन नगरपालिका–९ का स्थानीयबासीहरु जबर्जस्तीकरणीको प्रयास गर्ने अपराधीलाई बचाउन खोजेको भन्दै आन्दोलित भएका छन् । हरिवन नगरपालिका–९ का स्थानीय अन्दाजी ५५ वर्षीय नारायण गौतमले छिमेकी लामिछाने थरकी नाबालिका छोरीमाथि जबर्जस्तीकरणीको प्रयास गरे पनि उनलाई बचाउन स्थानीय प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरु लागि परेको भन्दै स्थानीय र पीडित परिवारले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका हुन् । पीडित परिवारजन र स्थानीय आन्दोलनकारीका अनुसार लामिछानेकी नाबालिका छोरी बजारबाट फर्किने क्रममा स्थानीय गौतमको घरमा कलमा पानी खान गएको समयमा गौतमले अन्दाजी १३ वर्षीया नाबालिकामाथि जबर्जस्तीकरणीको प्रयास गरेका पीडितका बुबा कृष्ण लामिछानेले बताए ।

उनका अनुसार फागुन २५ गते बिहीबार दिउँसो आफ्नी श्रीमती विनिता लामिछाने र नावालीका छोरी बजार गएका र फर्किने क्रममा छिमेकी गौतमको घरको कलमा पानी खान गएको समयमा गिलासमा पानी छ यता आएर खाउ भनी भित्र बोलाएर जबर्जस्तीकरणी प्रयास गरेका हुन्। फागुन २५ गते बिहीबार दिउँसो जबर्जस्तीकरणीको प्रयास भएको भए पनि लामिछानेकी नाबालिका छोरीले फागुन २८ गते समस्या बताए पछि फागुन २९ गते ईलाका प्रहरी कार्यालय हरिवनमा जाहेरी दिइएको थियो । तर, स्थानीय प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरुको दवावमा प्रहरीले पीडक गौतमलाई नियन्त्रणमा नलिएर आफूहरुमाथि अन्याय गरेको पीडित बालिकाकी आमा विनिता लामिछानेले बताइन् ।

उनका अनुसार आफ्नो घरमा हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेती रातिको समयमा आएर ठूलो आर्थिक प्रलोभनमा पार्नु, प्रहरीमा जाहेरी दिँदा पनि पीडक गौतमलाई नियन्त्रणमा नलिनु लगायतका कारण आफूहरुले न्यान नपाउने र पीडक सजाएको भागेदार नबन्ने सम्भावना बढेपछि आन्दोलनमा उत्रिनु परेको हो । पीडक गैतमलाई नियन्त्रणमा लिएर कारबाहीको माग राख्दै स्थानीय प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरु विरुद्ध चर्को नारावाजी गर्दै पुर्व पश्चीम राजमार्ग अवरुद्ध गरेको स्थानीय आन्दोलनकारी सिद्धार्थ सुवेदीले बताए । उनका अनुसार जबर्जस्तीकरणी जस्तो जघन्य अपराधमा पनि स्थानीय प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरुले पीडितलाई न्याय नदिने र पीडकलाई बचाउने खेल सुरु गरेका कारण आफुहरु आन्दोलित हुनु परेको हो ।

जबर्जस्तीकरणी जस्तो जघन्य अपराधमा संग्लग्न अपराधिलाई स्थानीय प्रहरी प्रशासन,स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरुले बचाउन खोजे, वडा अध्यक्ष कोकिलानन्द उप्रेती सहितका मानिसहरुले आर्थिक प्रलोभनमा पारेर पिडकलाई उन्मुक्ति दिने र पीडितलाई न्याय नदिने षडयन्त्र गरेका कारण आफूहरु आन्दोलनमा उत्रिएको पीडित परिवारले बताएका छन् । यता, हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेतीले आफू पीडितको घरमा गएको र वास्तविकता सोधेर दोषीलाई अपराध अनुसारको सजाए हुनुपर्ने कुरा राखेर फर्किएको बताए ।

तर, स्थानीय आन्दोलनकारी र पीडित परिवारजनले आर्थिक चलखेल गरि पीडकलाई बचाउने र पीडितलाई न्याय नदिने चलखेल सुरु गरेका कारण आफूहरु आन्दोलीत भएको बताएका छन् । पीडक गौतम पटक पटक जबर्जस्तीकरणी जस्तो जघन्य अपराधमा संग्लग्न भएकाले यस प्रकारका अरुपनि घटना घट्ने भन्दै स्थानीय र पीडित परिवार चिन्तित व्यक्त गरेका छन् । प्रहरीले भने पीडितलाई न्याय दिने र पीडकलाई नियन्त्रणमा लिएर कार्बाही गर्ने विषयमा चासो नदेखाएको पीडित परिवारजनको आरोप छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीका अनुसार पीडक गौतम सोमबारदेखि नै फरार भएका छन् भने पीडक गौतमका छोरा र श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका अनुसार पीडित परिवारजनको जोहरी दर्ता गरी अनुसन्धानअघि बढाइएको र बालिकाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी रहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments