Incident Reports

सामूहिक बलात्कारका आरोपितविरुद्ध मुद्दा दायर l

2014-10-15

Santosh Ruchal एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा हात्तीखर्क गाविस-४ का २८ वर्षीय दीपेन भन्ने डिल्लीप्रसाद अधिकारी र २६ वर्षीय हिक्मत लिम्बूविरुद्ध प्रहरीले असोज २८ गते मुद्दा दायर गरेको छ । पीडितले सामूहिक बलात्कार गरेको आरोपमा असोज २७ गते दिएको उजुरीको आधारमा आरोपितविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शेषकराम थान्दारले बताए । सुनसरीको इटहरीमा आफ्नो फुपुसँग बस्दै आएकी महिला आफ्नो घरमा दशैँ मानेर इटहरीतर्फर्फकने क्रममा असोज २२ गते धनकुटा नपा-७ रमाइलो घुम्तीस्थित एक घरमा सामूहिक बलात्कारमा परेकी थिइन् । धनकुटा नपा-१ हिलेबाट इटहरीतर्फगाडीमा जाने क्रममा सोही गाडीमा रहेकी एक अपरिचित महिलाले बाटोमा चिनजान गर्दै पीडित महिलालाई झुक्याएर आरोपितहरू बस्दै आएको धनकुटा नपा-७ रमाइलो घुम्तीमा रहेको कोठामा छाडेर बाहिरबाट चुकुल लगाएर बेपत्ता भएकी थिइन् । दिउँसो ३ बजेदेखि कोठामा बन्धक बनाईएकी पीडित महिलालाई साँझ ६ बजेतिर आरोपितद्वय अधिकारी र लिम्बुले बलात्कार गरेका थिए । भोलिपल्ट बिहान सो घटनालाई सार्वजनिक गरे मारिदिने धम्की दिँदै आरोपितहरू हिँडेपछि पीडित न्याय खोज्दै धनकुटा नपा-१ हिलेमा पुगेकी थिइन् । स्थानीय महिला अधिकारकर्मीहरूले पीडितको उद्दार गरी असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए । उनको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भयो । घटनापश्चात फरार रहेका आरोपितहरूको खोजी कार्य तीब्र पारिएको इन्सपेक्टर थान्दारले बताए । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis