Incident Reports

रारा क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

2023-03-16

मुगु — कांग्रेसको भ्रातृ संगठन नेविसंघले रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरी मध्यपश्चिम विश्वविद्यालयका भीसी डा. नन्दबहादुर सिंहको पुतला दहन गरी गमगढीमा विरोध प्रदर्शन गरेको छ । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका १० वटै आंगिक क्याम्पसको स्ववियु निर्वाचन स्थगित गरेको भन्दै नेविसंघले बिहीबार रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरी भीसी सिंहको पुतला दहन कडा विरोध जनाएको छ । मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन स्थगित गरेको विरोधमा रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन ताला बन्दी गरी भीसी सिंहको पुतला दहन गरेको नेविसंघ केन्द्रीय प्रतिनिधि राजेन्द्रबहादुर शाहीले बताए ।

स्ववियु निर्वाचन तोकिएको मितिभन्दा एक दिन अगाडि अवैधानिक निर्णय गरी मध्यपश्चिम विश्व विद्यालय स्ववियु निर्वाचन स्थगित गरेको उनको आरोप छ । स्ववियु निर्वाचन नगरे कडा आन्दोलनमा उत्रिने नेविसंघको भनाइ छ । मध्यपश्चिम विश्व विद्यालयले स्ववियु निर्वाचन स्थगित गरेपछि नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रमुख सुशीलकुमार भामले जनाए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments