Incident Reports

महिलामाथि भएको आगजनीमा अधिकारकर्मीहरूद्वारा ध्यानाकर्षण l

2014-10-17

Binod Pandey महिलामाथि भएको आगजनी घटनामा मानवअधिकारकर्मीहरूले असोज २८ गते एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा जिल्लामा विभिन्न समयमा महिलामा माथि भएका आगजनी तथा हत्याका घटना प्रति गम्भिर ध्यानाकर्षण भएको भनिएको छ । बाँके जिल्लामा एक पछि अर्को गर्दै महिलामाथि आगजनीका घटना बढ्दै गइरहेका छन् । यहि क्रममा असोज २६ गते एकै दिन इन्द्रपुर गाविस -९ मानपुरकी २५ वर्षीया पुजादेवी नाउ ठाकुर र खासकारकाँदो गाविस -२ भुजइ गाउँकी अन्दाजी २६ वर्षीया हेमकुमारी धोबीमाथि परिवारद्वारा आगजनी गरिएको घटना सार्वजनिक भएको छ उक्त घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएकोछ । घाइते दुबै जनाको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाण्डौं पठाइए भनिएको छ । पत्रकार महासंघ बाँके अध्यक्ष रुद्र सुवेदी, इन्सेक क्षेत्रीय संयोजक भोला महत, महिला कानुन र बिकास मन्चका संयोजक अधिवक्ता सुनिल श्रेष्ठ, हिमराइटसका क्षेत्रीय संयोजक प्रकास उपाध्याय गैसस महासंघ अध्यक्ष प्रभातकुमार ठकुरी, माइती नेपालका क्षेत्रीय संयोजक अधिवक्ता केशव कोइराला एडभोकेसी फोरम क्षेत्रिय संयोजक अधिवक्ता बसन्त गौतम , जिल्ला बार एसोशिएशन अध्यक्ष अधिवक्ता केवलसिंह थारु, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र नेपालगँज अधिवक्ता बिश्वजित तिवारीद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा घटनाको सत्य तथ्य छानवीन गरि संलग्नलाई कानुनी कारवाहीको माग गर्दै पीडितको स्रि्र स्वास्थ्य लाभको कामना गर्दछौ भनिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis