Incident Reports

यौनदुर्व्यवहार गरेको आरोपमा एक जना गिरफ्तार l

2014-10-15

Sur Bahadur Pariyar नौ वर्षीय एक बालकलाई यौनदुर्व्यवहार गरेको आरोपमा टीकापुर नपा-९ मौरनियाँका २५ वर्षीय दयाराम चौधरीलाई असोज २८ गते इलाका प्रहरी कार्यालय टीकापुरले गिरफ्तार गरेको छ । पीडित बालकलाई स्थानीय एक घरमा असोज २७ गते दिउँसो जबरजस्ती अप्राकृतिक यौनदुर्व्यहार गरेको भन्दै पीडित अभिभावकले इलाका प्रहरी कार्यालय टीकापुरमा असोज २८ गते उजुरी गरेका थिए । पीडित भनिएका बालकको सोही दिन टीकापुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । आरोपित चौधरीलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुर डीएसपी राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए । सुरबहादुर परियार

0 Comments