Incident Reports

प्रहरी कार्यालयविरुद्ध महिलाले गरे प्रदर्शन

2023-03-09

Madhes, Rautahat, Maulapur, Ward 9

महिलाको हत्या गर्ने मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै मौलापुर नगरपालिका सोनरनियाका पीडित पक्षले प्रहरीको कार्यशैलीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटअगाडि प्रदर्शन गरेका छन्। मौलापुर नगरपालिका– ९ सोनरनियाका पनिलाल यादवको ४२ वर्षीया पत्नी सुनैनाकुमारी यादवलाई छिमेकी भोला राय यादव, निजकी पत्नी कलावतीदेवी यादव र उमत राय यादवपत्नी मधानी देवी मिलेर गत फागुन २५ मा बाँसको भाटाले निर्घात कुटपिट गरी हत्या गरेका थिए। हत्यामा संलग्न तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई फागुन २९ मा छाडेपछि आक्रोशित पीडित पक्षले सोही दिनयता प्रहरीविरुद्ध निरन्तर रूपमा प्रदर्शन गर्दै आएका छन्।

खेतमा दिसा गरेको विषयलाई लिएर भएको सामान्य विवादपछि भएको झगडामा एकपक्षीय रूपमा महिला सुनैनामाथि तीनैजनाले निर्घात कुटपिट गरेर हत्या गरेको प्रत्यक्षदर्शी स्थानीय शारदादेवी यादवले आरोप लगाएकी छन्। उनले भनिन्, ‘सुनैनालाई बाँसको भाटाले निर्घात कुटपिट गरेर अचेत बनाएका तीनजना पीडक त्यहाँबाट फरार भए। त्यसपछि आफूहरूले घाइतेलाई अस्पताल लगेका थियौं, तर चिकित्सकले मृत घोषणा गरे।’प्रहरीले तीनैजना आरोपीलाई नियन्त्रणमा लिएर फागुन २९ मा छाडेको आरोप प्रदर्शनमा रहेका महिलाको छ। घटनामा संलग्न मधानी देवीको ७२ वर्षीय पतिलाई मुख्य आरोपी बनाएर प्रहरीले हिरासतमा राखेपछि पीडितहरू प्रहरीको कार्यशैलीविरुद्ध आक्रोशित बनेका हुन्। मुख्य आरोपीलाई छाडेर प्रहरीले वृद्धलाई आरोपी बनाएको स्थानीय रामप्रसाद साहको आरोप छ।

मृतक सुनैनाका चार छोरी र दुई छोरालाई लिएर स्थानीय प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिए पनि प्रहरीले वास्तविक दोषीलाई नसमात्नु दुर्भाग्यपूर्ण घटना हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर यादवले महिला हत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले को दोषी र को निर्दोष भन्ने कुरा अनुसन्धानपछि थाहा हुने बताएका छन्। उनले भनेका छन्, ‘प्रहरीमाथि अनावश्यक दबाब बनाएर अनुसन्धानमा खलल उत्पन्न गराउन काम मात्रै भएको छ। हामी वास्तविक दोषी पत्ता लगाई कानुनी दायरामा ल्याउने छौं।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports