Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-18

Gandaki, Parbat, Phalebas

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको फलदेवास नगरपालिका थापाठानाका २१ वर्षिय सुनिल थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत ४ गते कुश्मा बजारबाट गिरफ्तार गरेको छ । बालिकालाई चैत ४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्वतमा चैत ४ गते नै उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । बालिकाको चैत ४ गते पर्वत अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर प्रकाश रावतले बताउनुभयो । आरोपितलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत बलात्कार मुद्दा अन्तरर्गत म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको इन्सपेक्टर रावतले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments