Incident Reports

चन्द नेकपाका कार्यकर्ताले लघुवित्तमा लगाए ताला

2023-03-21

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 9

दार्चुला — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनका कार्यकर्ताले शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेका दुई लघुवित्तमा तालाबन्दी गरिदिएका छन् । मंगलबार गोकुलेश्वरस्थित माइक्रो फाइनान्स र निर्धन लघु वित्तीय संस्थामा तालाबन्दी भएको हो । लुघवित्तले सर्वसाधारणहरुलाई चर्को ब्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै उनीहरूले वित्तीय संस्थालाई चेतावनी स्वरुप पहिलो चरणमा तालाबन्दी गरेको बताएका छन् । युवा संगठन नेपाल दार्चुलाका ईन्चार्ज जीवन विष्ट र संयोजक ओमप्रकाश रावलले विज्ञप्तिमार्फत वित्तीय संस्थामा तालाबन्दी लगाउनुको कारण खुलाएका छन् । विज्ञप्तिमा चक्रवती ब्याज असुल गरेको, महिला उद्यमीलाई १५ प्रतिशत ब्याज भन्ने सेवाशूल्क हर्जना लगाई १५ दिनमै असुल गरेको, ऋणीको घरबाट टिभी, बाख्रा, कुखुरा भैंसीसमेत उठाएको उल्लेख गरिएको छ । यस्तै ऋणीले समय माग्दा मानसिक यातना दिने गरेको जनाइएको छ । मंगलबार दिउँसो वित्तीय संस्थामा लगाइएको ताला प्रहरीले तोडेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis