Incident Reports

बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

2023-02-11

Madhes, Sarlahi, Basbariya, Ward 1

बसबरीया गाउँपालिका–१ मानपुरकी ४६ वर्षीया सकिला खातुनलाई ‘कथित बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय राहुल भण्डारी र २९ वर्षीय सुुनिल यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा चैत ७ गते उजुरी दिएको छ । माघ २८ गते घरमा आइ ‘बोक्सी’को आरोपमा गालिगलौज गर्दै कुटपिट समेत गरेको भन्दै पीडितले चैत ५ गते इलाका प्रहरी कार्यालय हरकठवामा घटना बारे जानकारी गराइ शान्ति सुरक्षाको लागि आग्रह गरेपछि आरोपितहरूले पुनः कुटपिट गरेको पीडित सकिला खातुनले बताएकी छिन् ।

कानूनी प्रक्रियामा अघि बढेपछि घटनालाई स्थानीय स्तरमै मिलापत्र गर्नका लागि चैत १ गते राति आरोपित पक्षबाट दबाब आएको पीडितको आरोप रहेको छ । पीडित महिलाको उपचार माघ २९ गते हरकठवा स्वास्थ्य चौकीमा भएको थियो भने थप उपचारका लागि माघ २९ गते नै सर्लाही जिल्ला अस्पताल मलङ्गवा र माघ ३० गते प्रादेसिक अस्पताल जनकपुर लगिएको थियो । घटना बारे अनुसन्धान गरी दोषी उपर कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलास राईले जानकारी दिनु भयो । पीडित महिलाको घाउजाँच परीक्षण पुनः चैत ७ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments