Incident Reports

धनगढीको एसपीए कलेजमा तालाबन्दी

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीः कैलालीको धनगढीमा रहेको एसपीए कलेजमा बिहीबार तालाबन्दी गरिइएको छ। नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल क्याम्पस एकाई कमिटिले क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो। क्याम्पस प्रशासनले नेविसंघको माग विपरित मनोमानी ढंगले परिषदको निर्वाचन अघि बढाउने प्रक्रिया अघि बढाएपछि तालाबन्दी गरिएको प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिइएको छ। एकाई कमिटि सभापति हितेष विक्रम चन्दद्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘सबै विद्यार्थीहरुलाई सहभागी गरी निर्वाचन गराई दिने भन्ने माग थियो तर, आफनो मनोमानी ढंगले प्रक्रिया विपरित रहि चैत १० गतेका दिन विद्यार्थी परिषदको निर्वाचन गर्ने निर्णय प्रति भत्र्सना गर्दै अनिश्चितकालको समयका लागि तालाबन्दी गरिएको छ।’ उनीहरुले चैत ५ गतेका दिन क्याम्पस प्रशासनलाई चार बुँदे माग सहित स्ववियू निर्वाचन गराउनुपर्ने माग राखेका थिए। तर, क्याम्पस प्रशासनले सो ज्ञापनपत्र नबुझेको विज्ञप्तीमार्फत उल्लेख गरिएको छ। ‘एसपीए विद्यार्थी परिषदलाई पारदर्शी र सबै विद्यार्थीहरुलाई भाग लिन पाउने विद्यान संशोधन गरि सबै विद्यार्थीहरुलाई सहभागि गरी निर्वाचन गराईनुपर्ने छ’ उनीहरुको मागमा भनिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Youth na

0 Comments

Related Reports
Related Trend Analysis