Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-19

Madhes, Dhanusha, Sabaila, Ward 2

१२ वर्षीया बालिकालाई चैत ८ गते बलात्कार गरेको आरोपमा सबैला नगरपालिका–६ गोविन्दपुर बस्ने २७ वर्षीय जितेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय सबैलाले चैत १० गते गिरफ्तार गरेको छ । सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ स्कुलमा कार्यरत शिक्षक जितेन्द्र यादवले विद्यालयको शौचालयमा मुख थुनेर बलात्कार गरेको पीडित बालिकाको आरोप छ । आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय सबैलामा चैत ९ गते उजुरी दिएको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर रामकृष्ण देवकोटाले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको थियो । आरोपितलाई गिरफ्तार गरि अनुसन्धान भई रहेको र विद्यालयका प्रिन्सिपल हरि श्रेष्ठलाई समेत इलाका प्रहरी कार्यालय सबैलामा झिकाएर घटनाबारे जानकारी लिएको प्रहरी इन्स्पेक्टर देवकोटाले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments