Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2014-10-19

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokharel सप्तरी । ०७१ कात्तिक २ गते तीन वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा-३ का १९ वर्षीय कन्हैया कुमार साहलाई प्रहरीले कात्तिक १ गते राति ८ बजे गिरफ्तार गरेको छ । राजविराज नपा-७ स्थित माछा गल्लीमा बलात्कार गरिरहेको अवस्थामा स्थानीयवासीले आरोपितलाई कुटपिट गर्दै कात्तिक १ गते राति प्रहरीको जिम्मा लगाएको थियो । पीडित बालिकाकी आमाले आवश्यक कारबाहीका लागि कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित बालिकाको कात्तिक २ गते राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी कात्तिक २ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको एसपी दानसिंह बोहराले जानकारी दिए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis