Incident Reports

मकवानपुरमा एक जनामाथि कुटपिट गर्दै कान टोकेर छिनाइयो

2023-03-28

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 5

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एक जनामाथि निर्घात कुटपिट भएको छ । सोमबार बिहान ११ बजे आफ्नै बारेमा मकै छर्न पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् । न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले जानकारी दिएकी छन् । संगीताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ । यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगडा भएको जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले सोमबार नै दुवै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports