Incident Reports

बलात्कारको आरोपमा कर्मचारी गिरफ्तार l

2014-10-19

Nabadip Shrestha १४ वर्षीया एक बालिकालाई कात्तिक २ गते बिहान बलात्कार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालयका सव-इन्जिनियर ३१ वर्षीय राजाराम यादवलाई प्रहरीले गिरफ्तार गरेको छ । स्थानीय एक होटेलमा कात्तिक १ गते राती बास बसेका यादवले कात्तिक २ गते बिहान बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए । होटेल सञ्चालकले खबर गरेपछि आरोपित यादवलाई प्रहरीले होटेलबाट नै गिरफ्तार गरेको हो । दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै पीडित बालिकाको संरक्षकले उजुरी दिएका छन् । घटनाको अनुषन्धान सुरु भएको प्रहरीले जनाएको छ । पीडित बालिका र आरोपित दुवैको त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ । सप्तरीको पत्थरगाढा-५ घर भएका आरोपित यादव तीन वर्षेदेखि नुवाकोट जिल्ला शिक्षा कार्यालयमा कार्यरत रहेका छन् । नवदीप श्रेष्ठ

0 Comments