Incident Reports

दुर्व्यवहार घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

2023-03-26

Bagmati, Rasuwa, Kalika

३४ वर्षीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–४ भदौरे बस्ने तारानाथ पौडेल, कालिका गाउँकार्यपालिका सदस्य समेत रहेकी दुर्गा भट्ट र उनका देवर विष्णुप्रसाद पौडेलविरुद्ध इलाका प्रहरी कार्यालय कालिकास्थान र कालिका गाउँपालिका न्यायीक समितिमा पीडितले ०७९ चैत १२ गते उजुरी दिनुभएको छ ।

पीडित महिलालाई आरोपितहरूले चैत ९ गते टेलिफोनमा गाली तथा दुर्व्यवहार गरेको इलाका प्रहरी कार्यालय कालिकास्थानका इन्सपेक्टर राजिव बस्नेतले जानकारी दिनुभयो । गाउँमा सडक तथा भवन निर्माणका लागि उपभोक्ता भेला गर्ने, फोन तथा प्रत्यक्ष भेटको क्रममा मार्ने धम्की सहित अपशब्दले गाली गरेर दुर्व्यवहार गरेको पीडितले बताउनु भयो । उजुरी आएको र कानुनी प्रक्रिया अघि बढाउने इन्सपेक्टर बस्नेतले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Harassment
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports