Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

2022-10-27

Karnali, Humla, Sarkegad, Ward 1

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २२ वर्षीय देवजन सार्की विरुद्ध पीडित पक्षले चैत १० गते प्रहरीमा उजुरी दिनुभएको छ । गत कात्तिक ११ गते सर्केगाड गाउँपालिका–१ को तुम्चमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको डिएसपी भिमलाल भट्टराइले बताउनु भएको छ । उहाँका अनुसार चैत ११ गते मद्दा दर्ता गरि सोही दिन घटनालाई जिल्ला अदालत हुम्लामा पठाएको छ । सो घटनालाई चैत १२ गते जिल्ला अदालतले गिरफ्तार पुर्जि जारी गरेको डिएसपी भट्टराइले बताउनु भएको छ । आरोपित हालसम्म फरार रहेको र घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परिक्षण चैत ११ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 00
INSEC

0 Comments