Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-11-21

Karnali, Humla, Chankheli, Ward 1

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चंखेली गाउँपालिका–३ दार्माका ३० वर्षीय लोकबहादुर शाहीलाई चैत ११ गते गिरफ्तार गरेको छ । गत मङसिर ५ गते चंखेली गाउँपालिका–२ को घट्टेखोलामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १० गते उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराइले बताउनु भएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपित शाहीलाई गाउँबाटै गिरफ्तार गरेको डिएसपी भट्टराइको भनाई छ । प्रहरीले घटनालाई चैत ११ गते जिल्ला अदालतमा पठाएको जिल्ला अदातलतले १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी भट्टराइले बताउनु भयो । पीडितको स्वास्थ्य परिक्षण चैत ११ गते जिल्ला अस्पताल हुम्लामा गरिएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments