Incident Reports

प्रदेश नामकरणको विरोधमा धरानमा तालाबन्दी

2023-03-30

सुनसरी — कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनकारीहरूले बिहीबार धरान उपमहानगरपालिका र २० वटै वडाहरूमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातीय, सामाजिक, सांस्कृतिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघलगायतले तालाबन्दी गरेको हो । तालाबन्दी गर्नुअघि उनीहरूले कर्मचारीहरूलाई बाहिर निकालेका थिए ।

आन्दोलनकारी नगरपालिका कार्यालयमा तालाबन्दी गर्न आउनुभन्दा एक घण्टाअघि नै सुरक्षाकर्मीहरू त्यहाँ पुगेका थिए । आन्दोलनकारीहरूले मुख्य प्रवेशद्वारमै तालाबन्दी गरेर कोणसभा गरेका थिए । कोणसभामा धरान उपमहानगरपालिकाले प्रयोग गर्न थालेको कोशी प्रदेश लेखिएको लेटर प्याड र छाप जलाएर विरोध जनाएका थिए ।

यसअघि उनीहरूले वडा ५ र १५ का वडा समिति कार्यालयमा तालाबन्दी गरेका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरीका अध्यक्ष अमर इजमका अनुसार दोस्रो चरणको आन्दोलनअन्तर्गत चैत १४ गतेदेखि १७ गतेसम्म स्थानीय तहका कार्यालय, वडा समिति कार्यालयमा तालाबन्दी गरेर कालो झण्डा गाड्ने, कोशी लेखिएको बोर्ड हटाउने, लेटरप्याड च्यात्ने जलाउने कार्यक्रम रहेको छ । उनले भने, ‘कोशी नामांकन खारेजीको आन्दोलनमा संघर्ष समितिले प्रदेश १ का १४ जिल्लाका सबै स्थानीय तह अनि वडा समितिमा तालाबन्दी गरेको छ । यसैक्रमअन्तर्गत धरान उपमहानगरपालिकामा र वडा समितिमा बिहीबार तालाबन्दी गरिएको हो ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis