Incident Reports

सानेपामा नेविसंघले गर्‍यो धर्ना र नाराबाजी

2023-03-31

काठमाडौँ- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा धर्ना र नाराबाजी गरेका छन्। पार्टीको कार्यसम्पादन समिति बैठकअघि नेविसंघले धर्ना र नाराबाजी गरेको हो। नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै धर्ना र नाराबाजी गरिएको हो। नाराबाजी सुरु भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेविसंघका सभापति शेर्पासँग असन्तुष्ट बनेका नेविसंघकै विद्यार्थीहरूले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा शनिबारदेखि रिले अनशन थालेका छन्। म्याद सकिसकेको नेविसंघ सभापतिलाई खारेज गरेर नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने उनीहरूको अर्को माग रहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments