Incident Reports

धनगढीमा चार विद्यार्थीमाथि कुटपिट

2023-04-01

Sudurpashchim, Kailali, Dhangadhi

फूलवारी माध्यमिक विद्यालयमा एसईइ दिन गएका धनगढी उपमहानगरपालिका–१४ का चार जना विद्यार्थीलाई स्थानीय युवाको समूहले आक्रमण गरेको हो। आक्रमणबाट रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका छन्। परिक्षा दिएर फर्किने क्रममा विद्यार्थीमाथि आक्रमण भएको घाइतेका आफन्तले बताएका छन्। उनीहरुको टाउको र शरीरमा चोट लागेको छ।

घाइतेहरुको अहिले धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। घटनाको कारण खुलेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले घरटनाको विषयमा बुझ्ने प्रयास भइरहेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 4
National/Online Media

0 Comments

Related Reports