Incident Reports

फेसबुक ह्याक गरी चरित्र हत्या गर्ने युवक पक्राउ

2023-04-02

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका–४ कर्सियाका २२ वर्षीय दिपेश लोहनी छन् ।
अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरेर धम्की दिई सामाजिक सञ्जाल फेसबुक समेत ह्याक गरी लोहनीले अश्लिल फोटो तथा भिडियोहरु फेसबुकसँग जोडिएका व्यक्तिहरुलाई पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यस्तै, फेसबुक लाइभबाट आत्महत्या गर्ने र पीडित लगायतलाई फसाउने, पीडितको चरित्रहत्या गर्ने भन्दै लोहनीले धम्क्याउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका लोहनीलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी परिसर टेकु पठाएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments