Incident Reports

नेपालगञ्जमा राप्रपानिकट व्यापारीको प्रदर्शन

2023-04-03

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज– सरकारको नीति र बैंकको चर्को ब्याजदरको विरुद्धमा नेपालगञ्जमा व्यापारीले प्रदर्शन गरेका छन्। राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन, बाँकेको संयोजनमा उद्योगी, व्यापारीले नेपालगञ्जमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्। ‘ब्याजदर हामीलाई गाह्रो भो, गरी खान दे, अनियन्त्रित मिटर ब्याज मिनाहा गर, उच्च सेवा शुल्क बन्द गर, बैंकहरूको सामन्तशाही बन्द गर, देशलाई मजबुद निकास दे’ लगायत लेखेको प्लेकार्ड बोकेका उद्योगी व्यापारी वीरेन्द्रचोकबाट निस्केर घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए। जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरूले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएका छन्। बृहत विरोध प्रदर्शन तथा ज्ञापन बुझाउने कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा, केन्द्रीय सदस्यहरु ओमप्रकाश आजाद र पवित्रा सुब्बा, मुस्लिम समाज संघका केन्द्रीय अध्यक्ष सुलाउद्दिन जसगढ, संगठनका बाँके संयोजक नन्दलाल बैश्य, इन्दिरा शाहीलगायतको उपस्थिति थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis