Incident Reports

ढुंगाले हानेर हत्या गर्ने एक पुरूष पक्राउ

2023-04-04

बझाङमा एक पुरूषको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोटकाे भेरी नगरपालिका- ४ घर भई छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या भएको थियाे। सोही ठाउँका र गोपालसँगै मजदुर काम गर्ने रोहन सुनारले मदिरा सेवन गरी सामान्य विवादका क्रममा गाेपालकाे हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीका अनुसार ज्यालामजदुरी गर्दै आएका दुई जनाबीच केही दिनअघि सामान्य विवाद भएको थियो। त्यसैको रिसमा रोहनले गोपालको टाउकोमा ढुंगाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर रोहन फरार भएका थिए। मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जना बुधबार बिहान काममा अनुपस्थित भएपछि अरू मजदुरले उनीहरूको खोजी सुरू गरेका थिए। खोजी क्रममा घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएको थियो। थप खोज्दै जाँदा गोपालको शव झाडीभित्र भेटिएको थिए। रोहन बुधबार बिहानैदेखि फरार थिए। प्रहरीले गोपालको हत्या भएको खबर पाउनासाथ फरार रहेका रोहनको खोजी सुरू गर्‍यो। रोहनलाई बसमा चढेर भाग्दै गर्दा केदारस्युँको रायलबाट पक्राउ गरिएको डिएसपी भण्डारी बताए। रोहनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports