Incident Reports

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ

2023-04-10

Province 1, Jhapa, Jhapa, Ward 5

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं ६ स्थायी घर भएका कादिर मोमिन रहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिला मानिसको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेखी उक्त तस्बिर र भिडियोहरू पोस्ट गर्नुको साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्सन राखी पोस्ट गरी दुःख दिने गरेका थिए । मोमिनलाई चैत २४ गते झापाबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments