Incident Reports

पत्नी हत्याको आरोपमा पति गिरफ्तार l

2014-10-18

Madhes, Siraha, Lahan

Durga Pariyar सिरहा । ०७१ कात्तिक ३ गते महिलाको हत्या गरेको आरोपमा सुनसरी जिल्ला पूर्वकुसहा गाविस घर भइ हाल लहान बस्ने २५ वर्षीय राजकुमार शर्मा र उनकी जेठी पत्नी २२ वर्षीया रीना शर्मालाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक १ गते गिरफतार गरेको छ । आरोपितहरूले पडरिया गाविस -९ कि २२ वर्षीया नीतु पुर्वेलाई हत्या गरी उनको शव सोही गाविसको सलहेश फुलबारी नजिक हृयूम पाइपमा फालिएको अवस्थामा असोज २७ गते भेटिएको थियो । मृतकको परिवारजनले इलाका प्रहरी कार्यालय लहानमा असोज २ गते किटानी जाहेरी हालेका थिए । इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर सन्तोष निरौलाका अनुसार महिलाको शव असोज २७ गते वेवारिसे अवस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा उनकै पति र सौताले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएकोले उनीहरूलाई गिरफ्तार गरी अदालतबाट कात्तिक २ गते म्याद थप गरिएको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis