Incident Reports

मिटरब्याजी पीडितसँगको झडपमा डिएसपीसहित ८ प्रहरी घाइते

2023-04-17

Bagmati, Kathmandu, Kathmandu

मिटरब्याजी पीडित र प्रहरी बीच सोमबार शान्तिबाटीकामा भएको झड्पमा डिएसपीसहित ८ जना प्रहरी घाइते भएका छन् । प्रहरी वृत दरबारमार्गमा कार्यरत डिएसपी कोपिला चुँडालसहित ८ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । झडपमा मिटरब्याजी पीडितहरुतर्फ २० जना घाइते भएका छन् । दुवै तर्फका घाइतेहरुको बीर अस्पताल स्थिा ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रदर्शनमा संलग्न ३५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई रिहा गरिएको एसपी रिजालले बताए । शान्तिबाटीका भित्र कार्यक्रम गर्ने भनिएपनि मिटरब्याजी पीडितहरु भाटा लिएर सिंहदरबारतर्फ अघि बढेपछि झडपको अवस्था आएको प्रहरीको भनाइ छ । एसपी रिजाल भन्छन्–‘शान्ति बाटीकाभित्र कार्यक्रम गर्नुस् भनेर आग्रह गर्दा प्रहरीमाथि इँट्टा बर्साउने काम भएपछि झडपको अवस्था आएको थियो ।’ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 8
National/Online Media

0 Comments