Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-13

Bagmati, Nuwakot, Bidur, Ward 1

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई प्रहरीले ०८० वैशाख ४ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलाको बालबच्चालाई विदेशका विभिन्न विद्यालयमा छात्रवृत्तिमा पढाउन पठाएर सहयोग गर्ने प्रलोभन देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आरोपितले पीडित महिलालाई विदुर नगरपालिका–१ ढुङ्गेस्थित एक होटेलमा ०७९ चैत ३० गते बलात्कार गरेको भनि जिल्ला प्रहरी कार्यालयमा पीडितले वैशाख २ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन त्रिशूली अस्पतालमा भयो । आरोपितलाई खोजी गर्ने क्रममा विदुर नगरपालिका–१० बेत्रावतीबाट गिरफ्तार गरि घटनाको अनुसन्धान थालिएको डिएसपी खड्काले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments