Incident Reports

युवतीको चरित्रहत्या गर्ने युवक साइबर ब्युरोको फन्दामा

2023-04-20

नेपाल प्रहरीको साइबर ब्युरोले युवतीको चरित्र हत्या गर्ने एक युवकलाई पक्राउ गरेको छ । पीडित युवतीले आफूले प्रयोग गर्दै आइरहेको मोबाइल हराएपछि युवकले भेटेको मोबाइल प्रयोग गरेर प्रोफाइलमा भएका तस्बिरहरूमा अश्लील शब्दहरू राखी अपलोड गर्ने गरेपछि ब्युरोमा निवेदन परेको थियो । सोही निवेदनमा प्रहरीले रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ५ का २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरेको हो । उनलाई रोल्पाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालत काठमाडौँबाट दिन ७ (सात) म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments