Incident Reports

डडेल्धुरामा ढुंगा प्रहारबाट एक महिलाको मृत्यु

2023-04-21

Sudurpashchim, Dadeldhura, Parashuram, Ward 4

डडेल्धुरामा ढुंगा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिकामा ढुंगा प्रहार गरी बिहीबार एक महिलाको मृत्यु भएको हो। परशुराम-४ रज्यौडा बस्ने ६३ वर्षीया गोमती थापा मगरको ढुंगा प्रहारबाट मृत्यु भएको हो। उनलाई परशुराम ४ कै गोपाल राउटेले ढुंगा प्रहार गरी घाइते बनाएका थिए। ढुंगा प्रहारबाट महिला घाइते भएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय जोगबुढाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। हत्यारा भने फरार रहेका छन्। ढुंगा प्रहार गर्ने राउटे फरार रहेको इलाका प्रशासन कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बुडुले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments