Incident Reports

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

2023-04-12

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 3

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका–४ का ४९ वर्षीय विस्ने ठगुन्नालाई वैशाख ६ गते महाकाली नगरपालिका–४ खलंगाबाट गिरफ्तार गरेको छ । आरोपितले ०७९ चैत २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएका थिए । पीडितको उजुरीलगत्तै फरार रहेका ठगुन्नालाई खलंगाको बंगाबगडबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

गाउँमा घट्ना बाहिरिएपछि उनी फरार भएका थिए । पानी भर्न गएको समयमा आरोपितले बलात्कार गरेका र घटना सार्वजनिक भएपछि आरोपित फरार रहेका स्थानीयले बताए । आरोपितमाथि जिल्ला अदालत, दार्चुलाबाट म्याद थप गरी अनुसन्धान भइरहेको समेत इन्स्पेक्टर सिंहले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments