Incident Reports

पत्नी हत्या घटनाको आरोपमा पति गिरफ्तार

2023-04-21

Madhes, Mahottari, Gaushala, Ward 4

गौशला नगरपालिका–४ रजखोर की २६ वर्षीया आरती साहलाई पति ३८ वर्षीय उमेश साहले वैशाख ८ गते विष खुवाइ हत्या गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालय, महोत्तरीले गिरफ्तार गरेको छ । मृतक आरती साहका बुबा बली साहले जिल्ला प्रहरी कार्यालयमा वैशाख ८ गते आरोपितविरुद्ध उजुरी दिएका थिए । त्यस्तै वैशाख १० गते आरोपित आरती साहका पति र नन्द आशा साहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

वैशाख ८ गते आरतीले विष सेवन गरेकोले उपचारको लागि बर्दिवासस्थित ट्रमा सेन्टरमा लिएर आएको आरोपित पतिले बताएका छन् । “आरतीलाई ल्याउँदा सास चलिरहेपनि ब्लड प्रेसर शून्य थियो,” र “उपचारकै क्रममा १५ मिनेटपछि आरतीको मृत्यु भयो,” उपचारमा संलग्न चिकित्सक डा. सन्तोष यादवले जानकारी दिनुभयो । डा. यादवका अनुसार आरती साहको मृत्यु मुसा मार्ने विष सेवनबाट भएको हो । साथै पोष्टमार्टम रिपोर्टबाट विस्तृत विवरण आउने उहाँले बताउनुभयो ।

आरोपित उमेश साह र मृतक आरतीबीच ६ वर्ष अगाडि विवाह भएको थियो । तर, २ वर्ष पछि उसको अनुहार राम्रो नभएको तथा मन पर्दैन भन्दै आरोपित पति, सासु र नन्दलगायतले कुटपिट तथ यतना दिने गरेको आरतीका भिनाजु गौशलाका सञ्चारकर्मी समेत रहेका निरञ्जन साहले इन्सेक महोत्तरी प्रतिनिधि अजय साहलाई बताएका छन् । मृतक आरतीका एक ७ महिनाका छोरा र ३ वर्षकी छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments