Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-21

Province 1, Morang, Uralabari, Ward 7

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–७ का १९ वर्षीय काकालाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० वैशाख ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्गलबारे अस्पतालमा वैशाख ८ गते गरिएको छ ।

त्यसैगरी चार बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका–४ का १२ वर्षीय दाजुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०८० वैशाख ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख ८ गते इलाका प्रहरी कार्यालय मधुमल्लामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्गलबारे अस्पतालमा वैशाख ८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments