Incident Reports

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-04-21

Bagmati, Dolakha, Bhimeshwor, Ward 7

एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा भीमेश्वर नगरपालिका-८ का ३७ वर्षीय शम्भु कार्कीलाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरीले ०८० वैशाख ७ गते गिरफ्तार गरेको छ । फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको भन्दै पीडित पक्षले वैशाख ६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए ।

उनको आइडीबाट महिलालाई अश्लिल भिडियो तथा फोटो परिवारलाई पठाइदिन्छु भनी धम्की दिने गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो । आरोपितले पीडित महिलालाई धम्की दिँदै रकम समेत मागेको अनुसन्धानबाट खुलेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो । घटनाको अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments