Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-12

Sudurpashchim, Kailali, Kailari, Ward 1

३० वार्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–२ बसौटीका ३७ वर्षीय सुर्वण चौधरीलाई वैशाख ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत २९ गते घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेको भन्दै न्यायका लागि पहल गरिदिन अनुरोध गरेपछि वैशाख ९ गते प्रहरीमा उजुरी दिएको पीडितको आफन्तले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरी परिचालन गरी आरोपितलाई धनगढीबाट वैशाख ९ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments