Incident Reports

अस्पतालको लापर्वाहीले बिरामीको मृत्यु, आफन्तद्वारा विरोध

2023-04-27

Bagmati, Bhaktapur, Bhaktapur

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतक परिवारले ०८० वैशाख १३ गते विरोध प्रर्दशन गरेका छन् । भक्तपुर नगरपालिका-१० च्यामासिंहका ८८ वर्षीय आशाकुमार प्रजापतिको स्वास्थ्यमा समस्या आएपछि वैशाख ३ गते उपचारका लागि ख्वप अस्पताल भर्ना गरिएको र उपचारमा अस्पतालको चरम लापर्वाहीका कारण मृत्यु भएको मृतकका छोरा जुजुप्रसाद प्रजापतिले बताउनु भयो ।

उहाँले भन्नुभयो, 'बुबा बिरामी भएपछि वैशाख ३ गते उपचारका लागि ल्याएका थियौँ, खाना नखाने र दिसा पनि ६ दिनसम्म नगरेपछि डाक्टरले पखाला लाग्ने औषधि दिनुभयो, तर पनि भएन, हामीले अरु अस्पताल लैजान्छौँ भन्दा यहीँ ठिक हुन्छ भनेर राखियो, अचानक आज अपरान्ह अवस्था बिग्रियो, आज साँझ मात्रै डाक्टरले हाम्रोमा आइसियू छैन, बिरामीलाई आइसियू भएको अस्पताल लैजानुस् भन्नुभयो, तर रिफरको कागज बनाउन नभ्याउँदै बुबाको मृत्यु भयो ।'

अस्पतालले ठिक हुन्छ भन्दै बिरामी राखेको, बिरामीको वास्तविक अवस्था बुझ्दा डाक्टर, नर्सले ठिक हुन्छ, आत्तिनु पर्दैन मात्रै भन्ने गरेको र अस्पतालमा आइसियू नभएको जानकारी समेत नगराएको भन्दै मृतकका छोरा जुजुप्रसादले समयमै आइसियू भएको अस्पतालमा रिफर नगरेर अस्पतालले चरम लापर्वाही गर्दा बुबाको ज्यान गएको बताउनु भयो ।

बिरामीको परिवारले दैनिक रुपमा बुझ्दा सुधार हुँदै आएको छ, राम्रो छ निको हुन्छ भन्ने गरेको, यतिका दिन उपचार गर्दा पनि अस्पतालमा आइसियू नभएकोबारे जानकारी नगराएको र समयमै अन्य अस्पतालमा रिफर नगरेर थप लापर्वाही गरेको भन्दै उहाँले आक्रोस पोख्नुभयो । उहाँले लापर्वाही गर्नेलाई कारबाही गर्नु पर्ने माग राखेको उल्लेख गर्नुभयो ।

मृतकका भतिजा सूर्यचन्द्र प्रजापतिले बिरामीको उपचारका लागि अस्पतालमा राखेको १० दिनसम्म पनि बिरामीको सुधार नहुँदा अन्यत्र रिफर नगरेको र आइसियू चाहिने बिरामीलाई वार्डमा राखेर लापर्वाही गर्दा बिरामीको ज्यान गएको बताउनु भयो । अस्पतालमा निमित्त मेडिकल डिरेक्टर डा. मजेशप्रताप मल्लले उपचारमा बिरामीको अवस्था सुधार हुँदै गएपनि वैशाख १३ गते अपरान्ह अचानक अवस्था बिग्रिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, 'हाम्रो ख्वप अस्पतालमा आइसियू छैन, बन्दैछ । बिरामीको अवस्था अचानक बिग्रिएर समस्या आएको हो, सबै डाक्टरले प्रयास गर्दा पनि बचाउन सकेनौँ, आइसियू नभएको बारेमा बिरामीको परिवारलाई जानकारी नगराएको हुन सक्छ ।' उपचारमा संलग्न चिकित्सक, नर्स र मृतकका परिवारसँग छलफल गर्ने सहमति बनेपछि शव बुझेको डा. मल्लले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments