Incident Reports

खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शन

2023-05-01

Bagmati, Kathmandu, Chandragiri

यी कुनै स्वागतमा लामबद्ध सगुनका गाग्री होइनन्। यिनमा न त पानी छ न त फूल नै। रित्ता पनि छैनन् किनकि यिनमा सर्वसाधारणको आक्रोश भरिएको छ। रित्ता गाग्रीभित्रको आक्रोश बाहिर टाँसिएका नाराबाटै प्रस्ट बुझिन्छ। उपत्यकामा आइतबार दिनभरजसो पानी पर्‍यो। तर चन्द्रागिरिका सर्वसाधारणका गाग्री रित्तिएको धेरै भयो। खानेपानी अभावले निराश सर्वसाधारणले आइतबार बिहानैबाट नगरपालिकाको कार्यालयअगाडि रित्ता गाग्रीसँगै आक्रोश प्रदर्शन गरे। ‘यी गाग्रीहरू रित्ता छैनन्, यिनमा आक्रोश भरिएको छ,’ बलम्बुका रिहान महर्जनले भने, ‘आक्रोश भरिएका गाग्रीले रित्ता गाग्रीभन्दा बढ्ता अपसगुन दिन्छन्।’

यी कुनै स्वागतमा लामबद्ध सगुनका गाग्री होइनन्। यिनमा न त पानी छ न त फूल नै। रित्ता पनि छैनन् किनकि यिनमा सर्वसाधारणको आक्रोश भरिएको छ। पानी अभाव भएको वडा नम्बर १२ बलम्बुकी रामकुमारी महर्जन पनि यस्तै धारणा राख्छिन्। ‘पानी अभावसँगै सर्वसाधारणले नगरपालिकामा रित्ता गाग्रा छाडेर आएका छन्,’ उनले भनिन्, ‘जब हाम्रो माग पूरा हुन्छ तब मात्रै ती गाग्री लिएर फर्कन्छौं।’

वडा नम्बर १२ की वडा सदस्य अन्जु नेपालले नगरपालिकाका अन्य वडामा पानी फालाफाल भएको तर आफ्नो वडामा भने किनेरखानुपर्ने अवस्था रहेको बताइन्। ‘नगरमा रहेका पानीका सबै मुहानलाई एकीकृत गरेर बाँडिनुपर्छ,’ उनले भनिन्, ‘त्यसैका लागि पनि जनताले रित्ता गाग्री प्रदर्शन गरेका हुन्।’ नगरपालिकाका मेयर घनश्याम गिरी उक्त क्षेत्रमा पानी अभाव भएको स्वीकार्दै समाधानमा समय लाग्ने बताउँछन्। वडा नम्बर१२ की वडा सदस्य अन्जु नेपालले नगरपालिकाका अन्य वडामा पानी फालाफाल भएको तर आफ्नो वडामा भने किनेरखानुपर्ने अवस्था रहेको बताइन्।

सुख्खा याम भएकाले पनि थप समस्या आएको उनले बताए। वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको उनले सुनाए। अहिलेसम्म उपभोक्ता समितिमार्फत पानी व्यवस्थापन गरिँदै आएको बताउँदै उनले अब नगरका मुहानलाई एकीकृत गरी वितरण गरिने बताए। ‘यस सम्बन्धमा ऐन पनि बन्दै छ,’ उनले भने, ‘चाँडै समस्या समाधान हुन्छ।’ 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis