Incident Reports

किशोरी बलात्कार आरोपमा पक्राउ

2023-04-27

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 8

कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरमा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १९ वर्षीय पारस ठकुरी देउवालाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । किशोरीलाई बिहीबार राति घरबाट बोलाएर जबरजस्ती गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । उनका अनुसार पक्राउ परेका देउवा र किशोरीको सामाजिक सञ्जाल फेसबुकबाट परिचय भएको थियो । त्यही आधारमा घरबाट बोलाएर बलात्कारको घटना भएको डाँगीले बताए । पीडित किशोरीका अभिभावकले शुक्रबार बिहान जाहेरी दिएका हुन् । त्यसकै आधारमा देउवा पक्राउ परेका हुन् । देउवालाई सघाउने अन्य व्यक्तिसँग पनि सोधपुछ भइरहेको डाँगीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments