Incident Reports

आत्महत्या दुरुत्साहन मुद्दामा दुईजना पक्राउ

2023-04-02

Province 1, Morang, Biratnagar

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीय सविना पोखरेल रहेका छन् । विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्दप्रसाद नेपालले गत १४ गते बिहान आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेका थिए ।

गोविन्दको विराटनगरकै रेडप्लस अस्पताल उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो । उनको परिवारले गति र सविनाविरुद्ध वैशाख १६ गते मोरङ जिल्ला प्रहरी कार्यालयमा आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको जाहेरी दिएका थिए । सोही आधारमा दुई जनालाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports