Incident Reports

रोतहटको गरुडाबाट यौन धन्दाको आरोपमा होटेल सञ्चालकसहित सात जना पक्राउ

2023-05-03

Madhes, Rautahat, Garuda

रौतहटको गरुडा नगरपालिकाबाट योन धन्दा चलाएको आरोपमा एक होटेल सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले यौन धन्दा चलाएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटेको संयुक्त टोलीले गरुडास्थित अनिता होटेल एण्ड लजमा छापामारी होटेल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको हो। छापमारीको क्रममा होटेलका सञ्चालक,दुई जना यौनकर्मी महिला र चारजना पुरुषलाई प्रहरीले होटेलबाट पक्राउ गरेको हो।यौन धन्दा चलाएको आरोपमा सातैजनालाई गरुडास्थित अनिता होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निम्ति सुचना अधिकारी एवम् ईन्स्पेकटर दिनेश कुँवरले जानकारी दिए। प्रहरीले केही समय अघि पनि जिल्लाको सदरमुकाम गौर स्थित होटेल रोयल ईन्दु र साहिवा ब्युटी पार्लरमा छापामारी गरि यौन धन्धामा संलग्न होटेल सञ्चालिका महिला र सोमका सँलगन रहेकालाई पक्राउ गरेको थियो।

National/Online Media

0 Comments