Incident Reports

स्मार्ट टेलिकमको कार्यालयमा रिचार्ज कार्डपीडित समूहले लगायो ताला

2023-05-06

रिचार्ज कार्डपीडित समूहले ललितपुरस्थित कुमारीपाटीमा रहेको स्मार्ट टेलिकमको कार्यालयको गेटमा ताला लगाएको छ । स्मार्ट टेलिकम लाइसेन्स खारेज भएपछि आफूहरूको लाखौं रकमको रिचार्ज कार्ड फसेको भन्दै पीडित समूहले टेलिकमको कार्यालयमा धर्नासँगै ताला लगाएको हो । मुनाफाको लोभ देखाएर आफूहरूलाई स्मार्टको रिचार्ड कार्ड खरिद गर्न लगाएपछि बिचल्लीमा पारको पीडितहरुको भनाइ छ । उनीहरुका अनुसार लाइसेन्स खारेज हुनु केही समयअघि मात्र लाखौं रकमको रिचार्ज कार्ड गर्न लगाएको थियो ।

स्मार्टका कारण आफूहरु घर न घाटको भएको भन्दै पीडितहरुले क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । यस विषयमा प्राधिकरणमा पीडितहरु जाँदा प्राधिकरणले व्यवसायिक कुरा आफ्नो कार्यक्षभित्र नपर्ने भन्दै उल्टै पठाएको उनीहरुले बताएका छन् । तर, पीडितहरुले जताबाट होस् आफूहरुले क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । उनीहरुले आफूले लगानी गरेको कार्डको पैसा फिर्ता दिनुपर्ने माग राखेका छन् । करिब ५०० थोक बिक्रेता र १५ हजार पसलमा भएको कार्ड र सिमको पैसा डुबेको उनीहरुले बताएका छन् । साथै, माग पूरा नभइन्जेल पीडितहरुले थप धर्नाका कार्यक्रम अघि बढाउने भएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis