Incident Reports

अज्ञात समूहद्वारा महिलामाथि सामूहिक बलात्कार

2014-10-23

Lumbini, Bardiya, Madhuwan

Man Bahadur Chaudhary बर्दिया । ०७१ कात्तिक ६ गते २५ वर्षीया एक महिलालाई सानोश्री गाविस-३ स्थित जङ्गलमा ०७१ कात्तिक ५ गते तीन जनाको समूहले बलात्कार गरेको छ । साँझ ७ बजे जङ्गलको बाटो घरतिर आउँदै गर्दा नचिनेका तीन जनाको समूहले बलात्कार गरेको पीडित महिलाले बताइन् । घटना भएपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएकी थिएन् । घटनाको जानकारी पाए लगत्तै घटनामा संलग्न व्यक्तिहरुको खोजी गरे पनि प्रहरीले कसैलाई गिरफ्तार गर्न सकेको छैन । घटना हुँदा अँधेरो भएकोले पीडकहरुलाई चिन्न नसकेको पीडितले बताइन् । पीडित महिलाले घटनामा संलग्न व्यक्तिहरूलाई चिन्न नसकेको बताएकोले आरोपितलाई तत्काल गिरफ्तार गर्न नसकिएको तर उनीहरुको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी दीपककुमार बस्नेतले बताए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis