Incident Reports

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

2023-05-04

Madhes, Sarlahi, Ramnagar, Ward 3

रामनगर गाउँपालिका–४ की २३ वर्षीया सुनैना कुमारी महतोलाई वैशाख १० गते पति २६ वर्षीय विजकिशोर महतो र सासु ४८ वर्षीया सगिया देवी महतो नुनीयाले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका प्रहरी कार्यालय बरहथवामा वैशाख २१ गते उजुरी दिनुभएको छ ।

पीडितले थप दाइजो बापत नगद दुई लाख रुपियाँ नल्याएको भन्दै आरोपित पति र सासुले कुटपिट तथा घरेलु हिंसा गरेकोे पीडितको बुबा बरहथवा नगरपालिका–५ का ४५ वर्षीय दिपलाल महतोले बताउनु भयो ।

कुटपिटका कारण घाइते भएकी पीडितको उपचार वैशाख १२ गते देखी १४ गते सम्म सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।

पीडित र आरोपित विजकिशोर महतोबीच ०७७ वैशाख १८ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो ।

विवाहमा दुई लाख रुपियाँ र एक तोला सुन दिएपनि थप दाइजो नल्याएको भन्दै पति र सासुले कुटपिट गर्ने गरेको पीडितका बुबाले आरोप लगाउनु भएको छ ।

घटना पश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मिकेन्द्र मिश्राले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments