Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-06

Lumbini, Nawalparasi West, Bardaghat, Ward 10

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ११ भगजोनीका १९ वर्षीय करण चौधरीलाई वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २३ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २४ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर विरेन्द्र केसीले बताउनु भयो । छोरी घरबाट खेततर्फ जादै गरेको अवस्थामा आरोपितले अपहरणको शैलीमा एकान्त ठाउँमा लगेर बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २४ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा भएको डाक्टर नुरुल होदाले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments