Incident Reports

गोरखामा हत्या आरोपमा एक जना पक्राउ

2023-04-30

Gandaki, Gorkha, Chum Nubri, Ward 3

२५ वैशाख, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् । १७ वैशाखको बिहान आफ्नै घरको कोठामा घ्याल्जेन मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएकाले उनको हत्या भएको आशंका गरिएको थियो । इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटा कमाण्डको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए । ‘घाँटीको अगाडि भागमा चक्कु प्रहार गरेर मारेको अनुसन्धानबाट खुल्यो’, उनले भने, ‘तत्कालको आवेगका कारण हत्या गरेको हुनसक्ने भन्ने छ ।’ पक्राउ परेका धुनडुप बिरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports