Mangal Begha
पाँचथर । ०७१ कात्तिक ६ गते
३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अमरपुर गाविस -८ का २८ वर्षीय डिल्लीराम कटुवालविरुद्ध ०७१ कात्तिक ५ गते जिल्ला अदालत पाँचथरमा मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी कार्यालयले तयार पारेको अनुसन्धान प्रतिवेदन माथि जिल्ला न्यायाधीवक्ताले राय पेश गरेपछि आरोपित विरुद्ध मुद्दा दायर भएको हो । पीडितले आरोपित विरुद्ध असोज २० गते उजुरी दिएकी थिइन् । आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो ।
मङ्गल बेघा