Incident Reports

आत्महत्या दुरुत्साहन घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

2023-05-08

Bagmati, Dhading, Jwalamukhi, Ward 5

ज्वालामुखी गाउँपालिका-६ का १९ वर्षीय जीतबहादुर नेपालीले विद्यालयको शुल्क तिर्न नसकेपछि आत्महत्या गरेको भन्दै छानविनको माग गर्न भाइ गोरे नेपालीले ०८० वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूसँग सालबास माध्यामिक विद्यालयले २ हजार १ सय रुपियाँ लिएर प्रवेशपत्र दिएपनि जितबहादुरको विद्यालयमा पैसा नबुझाएको भन्दै नदिएपछि वैशाख २० गते आत्महत्या गरेको भाइ नेपालीले जानकारी दिनुभयो । विद्यालयबाट प्रवेशपत्र नपाएपछि घर गएका जितबहादुरले घरमा भाइसँग पनि विद्यालयलाई दिनुपर्ने रकम मागेको र नदिएपछि भनाभन समेत भएको थियो ।

नेपालीले वैशाख २० गते मुसामार्न ल्याइएको विष सेवन गरेका थिए । उपचारको लागि वैशाख २१ गते धादिङ अस्पतालमा लगिएकोमा थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । सोही क्रममा नेपालीको मृत्यु भएको थियो । शवको पोष्टमार्टम वैशाख २२ गते भरतपुर अस्पतालमा भयो । सरकारले माध्यामिक तहसम्मको शिक्षा निशुल्क हुन्छ भनेपनि विद्यालयहरूले नियमित रुपमा शुल्क उठाइ रहेको पाइएको छ । जितबहादुरको आत्महत्यापछि सालबास माविले वैशाख २५ गते प्रेस विज्ञप्ति प्रकाशन गरी घटनामा विद्यालयको कुनै दोष नरहेको र नियमित रूपमा शुल्क लिने गरको उल्लेख गरेको छ ।

घटनाका सम्बन्धमा विद्यालयका प्रधानाध्यापक बलराम इटनीले प्रवेशपत्र नदिएका कारण जितबहादुरको आत्महत्या नभएको र कक्षा ११ मा पनि रकम नलिएको उल्लेख गर्दै यसपटक पनि पैसा नल्याउने विद्यार्थीको हकमा अर्को दिन विद्यालय आउन आग्रह गरेको बताउनु भयो । दलित अधिकारका लागि काम गर्ने दलितसेवा सङ्घका अध्यक्ष श्याम मगरातीले घटनाको छानविन गर्न माग गर्दै घटनामा दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्नु भएको छ । पैसा तिर्न नसकेका कारण एक विद्यार्थीको ज्यान गएको भन्ने खबर बाहिरिएपछि नेपाली काँग्रेसका नेता गोपाल विकको नेतृत्वमा विद्यालय र परिवारलाई भेटघाट र छलफल गरी निष्पक्ष छानविनको माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल प्रसाद जैसवारले प्रहरीले छानविन गरि दोषी देखिएमा कारबाही गरिने जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports