Incident Reports

बालकलाई हिरासतमा यातना l

2014-10-26

Nanda Ram Paudel बासखोर गाविस- ९ गौराका १५ वर्षीय जग्गु कोहार, १५वर्षीय सन्नु यादव, १६वर्षीय राजु लोहार र १४ वर्षीय सुरज मल्लाहलाई प्रहरीले यातना दिएको पीडित बालक सन्नु यादवका बाबु श्रीराम यादवले बताएका छन । चोरीको आरोपमा ०७१ कात्तिक ७ गते पीडितहरूलाई इलाका प्रहरी कार्यालय पकडीले गिरफ्तार गरेको थियो । पुरन तिवारी र अनार लोधको घरमा कात्तिक ७ गते राती चोरी भएको र जग्गु कोहार र सन्नु यादवविरुद्ध चोरीको आरोपमा ठाडो उजुरी परेपछि इलाका प्रहरी कार्यालय पकडीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरेका राजु लोहार र सुरज मल्लाहलाई सोधपुछ पछि कार्तिक ८ गते छाडिएको र सन्नु यादवले चोरी गरेको सामान बाबुलाई राख्न दिएको भन्ने बयानका आधारमा कार्तिक ८ गते उनका बाबु श्रीराम यादवलाई गिरफ्तार गरी हिरासतमा राखिएको छ । चोरीको आरोपमा उनीहरूलाई तीन दिनदेखि गैरकानुनी रुपमा हिरासतमा राती चोरी आरोप प्रमाणित गराउन हिरासत भित्रै लाठी,बुटलगायतले कुटपिट गरी यातना दिएको बताए । तर, प्रहरी इन्सपेक्टर जय श्रीराम कुँवरले यातना दिएको कुरालाई स्वीकार गरेनन् । उनले गिरफ्तारपछि स्वास्थ्य जाँच गरेको र सोधपुछ गर्दा कुटपिट भएको आरोप लागेको बताए । नन्दराम पौडेल

0 Comments